हुम्ला । एक साता देखि फैलिएको रोगका कारण एकै घरका तीन जना सहित राया र स्याँडामा १४ जनाको ज्यान गएको छ । रोगले स्याँडा ५ भजने रोकायाका भाई रंगविरे रोकाया र भाइ बुहारी भ्याल्नी रोकायाको मृत्यु भएको छ ।
गएको साता देखि फैलिएको अज्ञात रोगका कारण स्याँडा ४ लामती बुढा, ६ भद्विर बुढा, ५ ढोली बुढा र ४ का धनराज बुढाको मृत्यु भएको स्याँडाका स्थानीय छक्क बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा १९ देखि ७२ वर्ष सम्मका छन् ।
यसैगरी अज्ञात रोगका कारण रायामा समेत ७ जनाको ज्यान गएको छ । गएको ७ गते देखि आजको दिन सम्म उक्त संख्यामा बिरामीको मृत्यु भएको रायाका स्थानीय वासिन्दा वलविर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातामै अचानक फैलिएको रोगले राया ६ का सिरे रावल र उहाँकी श्रीमती लाटी रावलको मृत्यु भएको छ ।
श्रीमती लाटीको वैशाख ८ गते मृत्यु भएको थियो भने सिरेको आज ( वैशाख १२) गते मृत्यु भयो । शुरुमा नाक, कान बुझीने, ज्वरो आउने र बिस्तारै खान मन नलाग्ने उक्त रोगले राया ८ का ५७ वर्षका जस रावल र निजकी ५२ वार्षिय श्रीमती चिनकली रावलको समेत मृत्यु भएको छ । ज्यान जानेमा राया ६ की ३५ वार्षिय विष्णु रावल, ७ की ७५ वर्षकी रिउली रावल, २ का ७७ वर्षिय सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो ।
औषधी नहुँदा थप समस्या
गएको साता देखि अचानक फैलिएको अज्ञात रोगले पिडित बिरामीहरुका लागि स्थानीय स्वास्थ्य चौकीमा औषधी नभएकाले समस्या थप जटिल बन्दै गएको बताइएको छ । रायाका पूर्व गाविस अध्यक्ष प्रेम बुढाका अनुशार स्थानीय स्वास्थ्य चौकीमा औषधी नभएकाले पनि केही बिरामीको मृत्यु भएको हो ।
सामान्य बिसन्चो हुँदै बिरामी स्वास्थ्य संस्था जान्छन तर स्वास्थ्य संस्थामा भएकी अनमीले औषधी सकिएको भनेर रित्तोहात फर्काउने गरेकाले पनि बिरामीको अवस्था नाजुक हुँदै गएको बताउनुभयो ।
राया स्वास्थ्य चौकीकी अनमी बेलसरी बुढाका अनुसार स्वास्थ्य चौकीमा जिल्ला अस्पतालले पठाएको औषधी सकिएकाले स्वास्थ्य चौकीमा आएका बिरामीलाई उपचार गर्न नसकिएको स्वीकार गर्नुभयो ।
चैत अन्तिम साता सम्म जिल्ला अस्पतालमै सामान्य औषधी समेत नभएको हुम्लाका स्थानीय स्पास्थ्य संस्थामा सिटामोल समेत नपाएर बिरामीको ज्यान गएको स्याँडाका स्थानीय छक्क बुढाले नयाँपत्रिकालाई जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो समय देखि सँडा स्वास्थ्य चौकी यन्चार्ज बिहिन छ । स्याँडा स्वास्थ्य चौकीमा भएकी अनमी संगिता बुढाले आउने बिरामीलाई सिटामोल समेत छैन भनेर फर्काउने गरेकाले पनि बिरामीको ज्यान गएको आरोप स्थानीय वासिन्दाले लगाएका छन् ।
तर जिल्ला स्वास्थ्य कार्यालयले भने त्यसको अस्विकार गरेको छ । गएको सातादेखि फैलिएको रुघाखोकीले राया ५ र स्याँडामा ४ गरी ९ जनाको मात्रै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशवावु श्रेष्ठले जानकारी दिनुभयो ।
एकिकृत स्वास्थ्य शिविरका क्रममा कालिका रहेका सूचना अधिकारी श्रेष्ठले गएको चैतमा जिल्लाभरीमै औषधीको अभाव भएपनि हाल त्यो अवस्था नरेहको दावी गर्नुभयो ।
अज्ञात रोगले एक सातामे ९ जनाको ज्यान गएको खबरपश्चात आजै राया र स्याँडामा औषधी सहित स्वास्थ्यकर्मीको टोली खटाएको बताएका सूचना अधिकृत श्रेष्टले स्वास्थ्यकर्मीको रिर्पोटका आधारमा मात्रै कुन रोग हो भनेर एकिन हुने जानकारी दिनुभयो । रायामा अहेव कालीबहादुर शाहीको नेतृत्वमा र स्याँडामा अहेव हरिभक्त शाहीको नेतृत्वमा औषधी सहितको टोली परिचान गरिएको छ ।
जन्म र बसाई ः हुम्ला जिल्ला अदानचली गाउँपालिका वडा नं १ (साविकश्रीनगर गाविस ८) मा संं २०३९ साल मंसीर ०१ गते वुवा दिपबहादुर महतारा र आमा स्वर्गिय अम्मकला महताराको जेठो सन्तानका रुपमा जन्मीएको हुँ । म हाल हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा व्यावहसाइिक रुपमा र तारकेश्वर नगरपालिका ६ कार्भेस्थलीमा अस्थायी रुपमा बस्दैं आएको छु । पेशा र कामः सुन शिरानी हालेर नुनको खोजि गर्ने कर्णाली र हुम्लाका वास्तविकतालाई बाहिर ल्याउन पत्रकारिता पेशालाई प्रमुख पेशाका रुपमा अँगाल्दै आएको छु । मूलधारमा सँधै मगन्ते, खान नपुग्ने, अभाव, अशिक्षा, अन्ध विश्वाशको खानीका रुपमा अथ्र्याइएको कर्णालीको विद्यमान बिम्बलाई सुधार गर्ने मूल ध्येय मेरो हो । उल्लेखित कटु यर्थाततालाई आत्म साथ गरेर म विगत २०५८ साल देखि अनवरत रुपमा पत्रकारीतामा आवद्ध छु । मैले तत्कालिन स्पेश टाइम दैनिकबाट शुरु गरेको छापा पत्रकारिता विद्युतीय सञ्चार माध्यमका रुप्मा एचविसी एफएम, रेडियो सगरमाथालाई आप्mनो शुरुवात विन्दुका रुप्मा प्रयोग गरेको हुँ । काठमाडौंमा उच्च शिक्षाको सिलसिलामा रासस, गोरखपात्र, नयाँ पत्रिकामा काम गर्दै कर्णाली खबर डटकमको प्रकाश सम्पादक बाट हुम्लाको सिमकोटमा २०६९ असार १ गतेबाट रेडियो कर्णाली आवाजको संस्थापक स्टेशन म्यानेजरका रुपमा कार्यरत हु ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home