Tuesday, January 19, 2016

आमा

चाउचाउले छाक टार्छु आमा आटो पठाइ दिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

थला परि राछु आमा किन्नलाई पैँसा छैन
त्यतै बाट सिटामोलको टाटो पठाइदिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

चोटै चोट रगताम्य सितल के हो थाहा छैन
मनको घाउ निको हुने खाटो पठाइदिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

महँगो छ जल्न पनि खरानीको मुल्य पर्छ
पवित्र छ मेरै ठाउँको माटो पठाइदिनु
चाउचाउले छाक टार्छु आमा आटो पठाइ दिनु
लाज छोप्नलाई तिम्रै हातको फाटो पठाइदिनु ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home