Monday, February 5, 2018

फेरि सुत्केरी र शिशुको मृत्यु

तुलाराम पाण्डे
कालिकोट — सान्नी त्रिवेणी गाउँपालिका ९ मुम्रामा सुत्केरी आमा र शिशु दुवैको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकाको रूपसा पोइली घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
उनी मुम्रास्थित माइती घर आएको बेला प्रसूति व्यथा लागेर बिहीवार राति माइतीघरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए । उनका अनुसार बच्चाको मृत्यु भइसकेपछि अत्याधिक रक्तश्राव भएर शुक्रबार बिहान आमाको पनि मृत्यु भएको हो । मृतक सहकारी हस्ते बुढाकी छोरी हुन् । उनले यसअघि दुई पटक गर्भपतन गराइसकेको स्वास्थ्यकर्मीको भनाई छ । परिपक्व नहुँदै गर्भवती भएकाले ज्यान गएको स्थानीय अर्जुन बुढाले बताए । उनका अनुसार राति स्वास्थ्य चौकीमा कोहीनहुने भएकाले सुडेनीको सहयोगमा घरमै सुत्केरी गराइएको थियो ।
मुम्रामा नजिकै स्वास्थ्य संस्था भए पनि सुत्केरी गराउन नलगेकोले मृत्यु भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही डीबीले बताए । ‘माइती घरमै सुत्केरी व्यथा लागेछ ।’ गाउपालिका अध्यक्ष शाहीले
भने ‘स्वास्थ्य संस्था नलगेर घरमै सुत्केरी गराउँदादु:खद् घटना भयो ।’ उनले शोक विज्ञप्ती प्रकाशित
गर्दै गाउँपालिकाका सबै नागरिकलाई अनिवार्यरूपमा स्वास्थ्य संस्थामा प्रसूति गराउन लैजान अपिल गरेका छन् ।
कालीकोटमा गत बैशाख यता ६ जना महिलाले बच्चा जन्माउन नसकेर मृत्युवरण गरिसकेका छन् । यसैबीच, कालीकोटको रास्कोट नगरपालिकाले आरसीपी बजारमा आयोजना गरेको पूर्ण खोपयुक्त उन्मुख नगरपालिका घोषणा कार्यक्रममा सहभागी हुन गएका जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दलेर दुव्र्यवहार गरेका छन् ।
आरसीपी बजारको एक होटलमा चिया खाइरहेको अवस्थामा विप्लवका ३ जना कार्यकर्ता गएर मोसो घसेर दुव्र्यवहार गरेको डा. अलीले बताए । ‘बिहान मान्मबाट गाडीमा आएर कार्यक्रममा सहभागी हुनुअघि होटलमा चिया खादै थिए,’ डा. अलीले भने ‘एक्कासि मोसो घसेर दुव्र्यवहार गरे ।’ उनलाई मोसो दलेपछि स्थानीयले मत्तचमा ल्याएर फूलमाला र अबिर लगाएर डा. अलीलाई पूर्ण खोप कार्यक्रमको प्रमुख अतिथि बनाएको स्थानीय दशरथ उपाध्यायले बताए ।
जिल्ला स्वास्थ्य प्रमुख डा. अली ‘भ्रष्ट र अयोग्य’ रहेकोले धेरै सुत्केरीले ज्यान गुमाउनुपरेको जनाउँदै आफ्नो पार्टीले मोसो दलेर कारबाही गरेको सेक्रेटरी मुनिलाल ऐडी रणदीपले प्रतिक्रिया दिए । उनले एक महिनाअघि सुत्केरी गराउने नाममा मान्मकी चन्दा शाहीको मृत्यु हुन पुगेको आरोप लगाउँदै सानातिना बिरामी आए पनि उपचार नगरेर रिफर गर्ने गरेकाले जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरेकाले कारबाही गरिएको दाबी गरे ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...