Sunday, January 21, 2018

शपथ लिन हेलिकप्टर चार्टर

सुर्खेत प्रदेशसभा सदस्यहरुका लागि प्रदेश ६ को कार्यालयले आइतबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम राखेर निमन्त्रणा गरेको थियो । तर, प्रदेश प्रमुख दुर्गाकेशर खनाल र २४ बढी सदस्यहरु राजधानी काठमाडौंमै थिए । 

शनिबार दिनभर विमानस्थलमा कुरे पनि मौसमी प्रतिकूलताले उडान नभएपछि प्रदेश प्रमुख खनालसहित सदस्यहरु नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर शपथ लिन आए 

बिहान करिब १० बजेतिर हेलिकप्टरबाट ओर्लिएका प्रदेश प्रमुख खनाल सिधै प्रदेश प्रमुखको कार्यालय गए । उनलाई नेपाली सेनाको टुकडीले सलामी दिए लगत्तै पदभार ग्रहण गरे ।
 निर्धारित समयमा सपथ ग्रहण हुने स्थिति नभएपछि मध्यान्ह १ बजेलाई सारिएको थियो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई पद तथा गोपनियताको शपथ खुवाए । 
लगत्तै प्रदेश प्रमुखको उपस्थितिमा ज्येष्ठ सदस्य शाहीले प्रदेशसभाका अन्य ३९ जना सदस्यलाई सपथ ग्रहण गराए । 









सपथग्रहण पछि संक्षिप्त मन्तव्य राख्दै प्रदेश प्रमुख खनालले मुलुकले नौलो अभ्यास गरिरहेकाले प्रदेशबासी सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।
साभार इकान्तीपुर 

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...