Thursday, October 19, 2017

गजल !

गजल !
दुई दिनपछि दशै आउँछ, बाँचीदेउन आमा
तिम्रो माया मेरैलागि; साचि देउन आमा
के दोष मेरो मूर्ख दैब; मात्तृत्वनै खोस्नु पर्ने 
तिम्लाइ लाग्ने मिर्यु डन्डी; भाचिदेउ न आमा
चङ्गा च्याट र च-चहुइमा; रमाएको दुनियाँ छ
मेरै अघि छोरा भन्दै; नाची देउन आमा
सानो हुँदा घर बाहिर ; ठुलोमा टुहुरो हुने
अभावमा बाच्नु भन्दा; फासी देउन आमा ।।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home