Wednesday, August 16, 2017

जिल्ला समन्वय समितिमा एमाले–माओवादी गठबन्दन निर्वाचिन

नवराज महतारा 
साउन १९, सिमकोट । जिल्ला समन्वय समिति हुम्लाको निर्वाचनबाट एमाले–माओवादी गठबन्दनका दानबहादुर रावत नेतृत्वको टीम निर्वाचित भएकछ । 

आज जिल्ला सम्नव्य समितिमा रहेको मूख्य निर्वाचनको कार्यालयमा भएको मतदानमा एमाले–माओवादी गठबन्दनका तर्फबाट संयोजकमा एमाओवादी केन्द्रका दानबहादुर रावत, उपप्रमूखमा नेकपा एमालेका खगेन्द्र कार्की निर्वाचित भएको मूख्य निर्वाचन अधिकृत दिलनाथ रेग्मीले जानकारी दिए ।
१४ मत भएको जिल्ला समन्वय समितिको निर्वाचनमा रावत र कार्कीले १०।१० मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिद्धन्द्धी नेपाली कंग्रेसको तर्फबाट संयोजकका उम्मेरदार तक्दीर लामा र उप–प्रमूखका उम्मेरदार सुना बुढाले ४।४ मत प्राप्त गरेका छन् । 
यसैगरी समन्य समितिको सदस्यमा गठबन्दनका तर्फबाट एमाले उ्म्मेरदार जशु परियार, छेजुम लामा, अजवीर शाही र मोआवादी केन्द्रका तर्फबाट कोतन्बा लामा, दानसिंह दमाई र जीवन रावत निर्वाचित भएका छन्  । नव निर्वाचित समन्वय समितिका पदाधिकारीले आजै पद तथा गोपनियता को सपथ लिनुका साथै जिल्ला समन्वयमा आप्mना
 पदभार समेत ग्रहण गरेको जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले जानकारी दिए । 
भष्टाचार नियन्त्रणमा  सुन्यसहनसिलता अपनाउने प्रतिवद्धता 
२० वर्ष पछि निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीले साविकको जिल्ला ज  ल्वकास समिति र हालको जिल्ला समन्वय समिति माफृत हुने भ्रष्टाचार नियन्त्रण प्रति सुन्य सहनसिलता अपनाउने प्रतिवद्धता जनाएका छन् । पद तथा गोपनियताको सपथ सँगै जिल्ला समन्वय समितिमा आप्mनो पदभार ग्रहण सँगै पहिलो पटक बसेको समन्वय समितिको बैटकलले जिल्लामा लगानी भन्दा प्रतिफल निकै कम भएको ठहर गर्दै आप्mनो कार्यकालमा भ्रष्टाचार नियन्त्रयलाई प्रथानविन्दुका रुपमा लिने निर्णय गरेको छ । बैठकका सनर्णय सार्वजनिक गर्दै संयोजक दानबहादुर रावतले आप्mनो पाँच वर्षे कार्यकालमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र जवाफदेही बनाउने निर्णय गरेको बताए । मतदनमा सघायउने सबैलाई धन्यवाद दिएको बैठकले आन्तरिक तथा बाह्य पर्यटकको हवाई आवागमनका लागि हुम्ला र छिमेकी मुलुक चिनको स्वशासित क्षेत्र तिब्बतको सिमा हिल्सामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको छ । 
ज्नप्रतिनिधि बिहिनताको अवस्थामा भएको अनियमितााको समेत लेखाजोखा गर्दै जिल्लाको समृद्धीका लागि कर्मचारीतन्त्रलाई सँगै लिने बताएका उपसंयोजक खगेन्द्र कार्कीले संविधानमा उल्लेख भएअनुशार जिल्लाका सात वटै गाउँपालिकासँग समन्वय र आवश्यक परे प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...