
हातको माछा फुत्की, गयो समयको
थाहा छैन् मलाई, रात हो की दिन ?
यादको खिल ममै, रह्यो समयको
आइइसले नी एक पटक, इच्छा सोध्छ भन्छन्
छाती पिटी पिंडा, सह्यो समयको
घाँस देखाई मार हान्ने, दशै बोका हुनु
एक लासे जीवनपनि, लयो समयको
कहुुँ ढाडस हित्का छोड्ने, नकहुँ त स्वाश टुट्ने
नाकको घाउ पाकेसरीं, डयो समयको
नालको भन्दा नेपात्थ्यको बोली चर्को हुने रैछ
छिनिए छ घरबुनाको, बयो समयको
ज्यान पनि त बगेको हो, बाध्यताको भेलमा
यो जुनीको दोभानपनि, ट्रयो समयको
हातको माछा फुत्की, गयो समयको
यादको खिल ममै, रह्यो समयको
छाती पिटी पिंडा, सह्यो समयको
एक लासे जीवनपनि, लयो समयको
नाकको घाउ पाकेसरीं, डयो समयको
छिनिए छ घरबुनाको, बयो समयको ।
२०७२ फागुन ३०
सिमकोट, हुम्ला