Friday, March 11, 2016

सयम तिमी अनी म !

ए समय !
झण्डै तिन दशकमा हजारौ पटक
आँखा अमिलो बनायौ,
अाँशूमा खित्का छोड्नेको बिजय
रोदनमा अनुहार चाउरी पार्नेको मौनता
अनी
शारिरिक, मानसिक, भौतिक तड्पन त कतिकति
अन्तरमनको द्धन्द्धले लाखौ सपना शहिद भए
करोडौं आकांक्षाको वलिदानी
आखिर उपलब्धी क्रोध र रोधन नै त भयो ?
त्यसैले त म आज कुर्लेर भन्दै छु,
ए समय !
तेरो र मेरो राशी वर्ग के मिलेन ?
साढे साती लाग्यो भनौ भने
सँधै चन्द्रमा दाहिने थिए
अढली दशा आयो भनौ भने
परिस्थितीको दान, सामिप्यताको भेटी नचढाएको पनि त होइन
तर आज आएर लाग्छ
तिमी समय !
अनी मेरो जिन्दगी !
गन्तव्य हिन यात्रा
लक्ष्य हिन सपनीमा बग्दैछ
बस् मानसरोवर देखि गंगापुत्री सम्मको
कठिन यात्रा !
लक्ष्य हिन सपनीमा बग्दैछ
अविरल ! अविरल ! ! ! अविरल ! ! !
                                                  २०७२ साल फागुन २८ गते सिमकोट 

विवषता

उसैले हो नविर्सिने याद दिलाको
नचाहादा नचाहादै सिग्रेट खिलाको
नसाको मात कस्तो हुन्छ थाहै थेन आजसम्म
याद विर्सन सिका होला रक्सि पिलाको
क्यान्सर सँगै राख्नु भनि चुरोट खिलाको ।
साथि संगी हाँसि ठट्टा जमातमै भुल्ने गर्थे
एकान्त नै प्यारो लाग्ने संजोग मिलाको
धुवाँ सङ्गै उड्नु भनी सिग्रेट खिलाको ।
भावनाको पोको खोली सवैलाई मन बाँड्थे
बोली बोली नथाक्ने यी ओठै सिलाको 
वेचैनिको बन्नु भन्दै सिग्रेट खिलाको ।
हट्टा कट्टा फुर्ति फार्ती निकै गर्थी हिजो सम्म
मुटु खाने बेहोसिको रोग दिलाको
स्मृतीलाई धुनु भनि सिग्रेट खिलाको ।
जीन्दगिका गोरेटा ति छिचोल्नलाई दौडि हिड्थे
सिथिल हुदा माङ्सपेशी पाइलै ढिलाको
चाँडो मर्नु बेस भनि सिग्रेट खिलाको ।

उसैले हो नविर्सने याद दिलाको
भुल्न सहज हुन्छ भनि रक्सि पिलाको ।
एक्लो हुदा सम्झे भनि सिग्रेट खिलाको ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...