Promoter of Rural Community Radio Shreenagar & Station Manager of Community Radio Karnali Aawaj Humla
Sunday, August 9, 2015
आन्दोलनकारीद्धारा जुम्लामा स्नातक तहको परिक्षा रद्ध
साउन २५, जुम्ला । पछिल्लो समयको संघियताको खाका प्रति असन्तुष्ट बनेका जुम्लावासीले आज तिन वर्षे स्नातक तह विएड दोस्रो वर्षको परिक्षा रद्ध गरेका छन् ।
विगत देखिको सम्पन्न कर्णालीलाई नयाँ संविधान मार्फत नामेट पार्ने काम गरेको भन्दै जुम्लाका आन्दोलनकारीले स्नातक तह दोस्रो वर्षको आजको चलिरहेको समयमा परिक्षा हलमा गएर परिक्षा दिनमा रोक लगाएको जुम्लाबाट पत्रकार कृष्णमाया उपाध्ययले जानकारी दिएकी छन् । जुम्ला बहुमूखि क्याम्पसमा परिक्षा चलिरहेका वेला अचानक परक्षा हलमा प्रवेश गरेको ५० जना जतीको आन्दोकारीको समुहले कर्णालीलाई नामेठ पार्ने गरी भएको संघियताले कर्णाली अँझै शताब्दीयौ पछि पर्ने भएपछि किन परिक्षा दिनु पर्यौ भन्दै परिक्षार्थीको उत्तरपुस्तीका खोसेर च्याती दिएको जुम्ला जिल्लाका प्रमूख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुशार स्नातक तह तिन वर्षे विएड दोस्रो वर्षको अनिवार्य पाठेयक्रम तथा मुल्यांकन विषयको परिक्षा रघ भएको छ । बिहान ७ बजे बाट जुम्ला बहुमूखि क्याम्पसका शुरु भएको परिक्षा सकिन २० मिनेट अघि संयुक्त युवा संघर्ष समितिका आन्दोलन कर्ताले परिक्षार्थीको उत्तर पुस्तीका खोसेर च्यातेका थिए ।
५ सय १० जना परिक्षार्थीले परिक्षा दिइरहेको वेलामा आन्दोलनकारीले उत्तर पुस्तीका र प्रवेश पत्र खोसेर च्यातेपछि परिक्षा स्थगित गरिएको केन्द्रध्यक्षलाई उदृत गर्दै प्रमूख जिल्ला अधिकारी पौडेलले बताएका छन् । आज स्थगित गरिएको परिक्षका बारेमा परिक्षा नियन्त्रर्ण कार्यालय सँगको परामर्शका आधारमा मात्रै थप निर्णय लिइने उहाँको दावी छ । परिक्षा रद्ध गराउने आन्दोलनकारी कसैलाई पनि नियन्त्रणमा नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उता एसएलसीको परिक्षा भने निर्वाध रुपमा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
१८४६ को नेपाल एकीकरण पछि विकास र सहभागतका दृष्टिले पछि पारिएको कर्णालीलाई नयाँ नेपालको संविधान मार्फत अस्थितत्व नै समाप्त पार्नेगरी ल्याएको संघियताले कर्णालीलाई अन्याय पारेको भन्दै हिजै देखि कर्णालीका सबै जिल्लामा आन्दोलन शुरु भएको छ । आप्mनो पहिचान नै नभएका वेला युवा वर्गले राज्यसँग परिचानका लागि लड्नु पर्नेमा परिक्षामा लागेको भन्दै आन्दोलनकारीले आप्mनो हातबाट उत्तर पुस्तीका खोसेको परिक्षार्थी समेत रहेकी पत्रकार उपाध्ययले बताइन ।
Subscribe to:
Posts (Atom)
Featured Post
होली !
मिति २०७२ चैत ९ गते सिमकोट आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...

-
नवराज महतारा भाद्र २६/हुम्ला।सिमा जोडिएको छिमेकी देश चिनको ताक्लाकोटको पुराङकण्ट्रीका स्थानीय अधिकारीसँग नेपाली भू–भागमा दुइपक्षिय सिम...
-
Village officials use finger prints of the dead and non-existent for the collection of senior citizen social security allowances. There ...
-
साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्र...