विकासको राजनीतिामा लाग्ने हुम्ला प्रमूख दलका नेताको प्रण: भ्रष्टाचारले विकास नभएको निष्कर्ष
मानव विकास सुचाकांकको पुछारमा रहेको हुम्लालाई समुन्नत हुम्लाका रुपमा अघि बढाउनका लागि भ्रष्टचारका विरुद्ध शुन्य सहनशिल्ता अपनाउनु पर्ने भनाई नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलको छ । विकासको नाममा आएको रकम हिनामिना गर्ने पार्टी कार्यकत्र्तालाई पार्टीको आन्तरिक वैठकबाटै स्पष्टिकरण लिने परिपार्टी शुरु गरेको जिकिर गरेको एमाले अध्यक्ष रावलले सबैको सहकार्यमा विकास सम्भव भएकोले इमान्दारका साथ जिल्लाको विकासमा केन्द्रित हुनु सबै पक्षलाई आग्रह गर्नु भएको छ ।
विकासमा जिल्लाका सर्वपक्षिय निकाय देखि सबै राजनीतिक दलहरु एकजुट हुन सकिएमा सबैको जीवन स्तरमा सुधार हुने एमाओवादिका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेता छक्क वहादुर लामाको विश्वाश छ । हरेक वर्ष ठोस योजनामा लागनी गर्न सकिएमा जिल्लाको हित हुने तर्क गरेका नेता लामाले कार्यकर्ताको पालनपोषणका लागि कनिका छर्ने जिल्लाको अपारदर्शि पद्धतिले ििजल्लालाई विकास भन्दा विनाश तर्फ उन्मुख बनाएको ठहर छ
कुनै पनि विकासको मियोका रुपमा रहेका राजनितिक दलहरुले पछिल्लो समय गरेको विकासे सहकार्यले हुम्लामा अव केही विकास होला की भन्ने आशा पलाएको छ । गएको आर्थिक वर्षमा मात्रै प्रति व्यक्ति ५ लाख ५० हजारको रकम आउने हुम्लाका गाउँमा कुनै विकास गतिविधि नहुनु र भएपनि राजनीतिक दलकै संरक्षणमा रकमको दुरुपयोग गर्ने संस्कार मौलाएका बेला प्रमूख दलका नेताहरुको यस प्रकारको सहकार्य चुनावी हौवा हुने वा वास्तवमै हुम्लाको विकासका लागि कोषे ढुंगा बन्ने हो त्यो भने दलका नेताहरुका आगामी गतिविधिले टुंगो लगाउने छ ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home