Friday, September 2, 2011

लोकतन्त्र हराएको सूचना

सुचना ! सूचना ! ! सूचना ! ! !
मेरो लोकतन्त्र हराएको सूचना
१०४ वर्ष गर्भमा बसेको
०७ देखि आमालाई प्रशव िपंडा भोगाएको
०४६ मा कुपोषित जन्म भएको
०६२÷०६३ मा न्वारान सहित १९ दिने जन्मोत्सव मनाएको
सुई खुट्टे मेरो लोकतन्त्र
केही समय यता हराएको छ
कसैले फेला पार्नु भएमा
कृपया
प्रचण्डपथ कोइरालापथ माधवपथ र खनालपथमा
तुरुन्त खवर गर्नु होला
खवर गर्नु भएमा
अँश्रुग्याँस भाला र लाठी जस्ता बहुमुल्य पुरस्कार प्रदान गरिने छ ।

जन्मेको १२ वर्षैभरी हात्ती पाइले लुट
एचआइभी घुषखोरी
हेपाटाइटिस आतंकको व्यथाबाट ग्रसित
१२ बुदें ७ बुदें ६ बुर्दे
र माघ १ राती लगायको अन्तरिम खोपले तग्रीन खोजेकॊ
शारीरिक विकासका लागि
वालुवाटार पेरीस डाँडा सानेपा र बल्खुसम्म
एका विहानै व्यायममा
कुख्यात चार भाई सँग निस्कीएको मेरो लोकतन्त्र
अचानक हराएको छ
कसैले फेला पारेमा
चिङयाङ टोल नैदिल्ली नगर र सेतोघरमा खबर गर्नु होला
खबर गर्नेलाई आइसीटोपी र
युएस कोटको व्यवस्था गरिएको छ ।


असाधारण हुलीया भएको मेरो लोकतन्त्र
८८४८ मिटर अग्लॊ
हातमा मसी सकिएको कलम
काँधमा बिड भाँच्चिएको कोदालो
हरियो पीरो निचोर्दा दुध आउला जस्तो
ढाँका टोपी र दौरा सुरुवालमा ठाँट्टीएको
गहुँ गोरो
आफूलाई कतै ६० वर्ष
कतै २० वर्ष
त कतै ४ वर्ष बताउने
गर्भावस्थाको प्रशवमा प्रजातन्त्र
न्वारानमा लोकतन्त्र
र व्रतवन्धमा गणतन्त्र नाम पाएको
अवोध वृद्ध वालक मेरो लोकतन्त्र हराएको छ
कसैले फेला पार्नु भएमा
कृपया
सिहंदरबार विआई सिसिमा खबर गर्नु होला
असोज १८ माघ १९ र जेठ १९ जस्ता
उचित पुरस्कारको व्यवस्था छ ।
त्यसैले देख्नु हुने महानुभावले
सम्पर्क नम्बर ६ अस्तव्यस्थ छैन अमनचयनमा
व्ाा तीनवटै सुरक्षा निकाय
वाइ सिएल युवा दस्ता र युथ फोस्रमा
तुरुन्त खबर गर्नु होला ।
धन्यवाद ! ! !

1 comment:

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...